मीना सिर्जनशिल पुरस्कार सरितालाई

पोखरा, भदौ ३१ ।
मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कार क्रियाशिल पत्रकार सरिता तिम्सीना पगेनीलाई प्रदान गरिने भएको छ । राज बहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले पगेनीलाई पुरस्कृत गर्न सिफारिस गरेको हो । समितिकै सिफारिसका आधारमा महाघंको कार्यसमिति बैठकले अनुमोदन गरेर पुरस्कार अर्पण गर्न लागेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
डेढ दशकदेखि पत्रकारितामा लागेकी पगेनी हाल हिमदुत राष्ट्रिय दैनिक र रेडियो अन्नपूर्णमा कार्यरत छिन् । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्र छ । पत्रकार मिना गुरुङले स्थापना गरेको पुरस्कार पत्रकार महासंघले सञ्चालन गर्दै आएको छ । टंकादेवी–तुलसी प्रसाद र मिना सिर्जनशिल पत्रकारिता पुरस्कार असोज महिनाको २१ गते बिशेष समारोहका बीच एकै पटक प्रदान गरिने महासंघ कास्कीले जनाएको छ ।