मालपोत कार्यालयका नासु ४० हजार घुससहित पक्राउ

राजविराज, चैत २५ ।
भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीमा कार्यरत नायब सुब्बा वासुदेव मण्डल ४० हजार घुस रकमसहित पक्राउ परेका छन् । मण्डलले जग्गाको बाँडफाँड गरि लागत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेका थिए । सेवाग्राहीसँग घुस मागेको सूचनापछि पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

नासु मण्डललाई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयको नजिकैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । उनलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।