मामाकै सहयोगमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार (घटना विवरण सहित)

काठमाण्डौं, असोज २ ।
नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल गर्ने २१ बर्षिया किशोरी सोमबार अपराह्न ४ बजेदेखि बेपत्ता भईन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी आमा त्यतिबेला झसंग भइन, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् । अर्जन पसलमा खाजा खान आइरहन्थे ।ति किशोरीलाई भान्जी भनेर बोलाउने अर्जुनको केही व्यवहार भने आमालाई मन पर्दैनथ्यो ।

व्यवहारका हिसावले नराम्रो मान्छे अर्जुनसँग छोरी गएको सुनेपछि आमा बेचैन भइन् । केही स्थानीय र आमाले किशोरीको खोजी पनि गरे । तर नभेटिएपछि प्रहरीलाई खबर गरे । प्रहरीले अर्जुनको फोन ट्रेस गरेर उनीहरु भएको ठाउँ पत्ता लगायो । अर्जुनको फोन ट्रेस गर्दा उनीहरु काठमाडौंको भीमढुङ्गामा भएको पत्ता लाग्यो ।

खोजी थालेको करिब २ घन्टापछि सोमबार राति करिब ११ बजेतिर प्रहरीले अर्जुनसहित किशोरीलाई भीमढुङ्गाको एक सामान्य होटेलमा फेला पार्यो । होटेलको कोठामा रोइरहेको अवस्थामा फेला परेकी सुनिताले प्रहरीलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । आफूमाथि होटेल सञ्चालक सूर्य लामा र उनका साथी रामकृष्ण नगरकोटीले बलात्कार गरेको किशोरीले बयान दिइन् ।

कान पनि कम सुन्ने र राम्ररी बोल्न समेत नसक्ने किशोरी आफूलाई भान्जी भनेर बोलाउने अर्जुनको भरमा भीमढुङ्गा पुगेकी थिइन् । तर त्यहाँ पुग्दा मामा (अर्जुन) कै चिनजानका व्यक्तिले उनीमाथि बलात्कार गरे । प्रहरीले बलात्कारमा संलग्न सूर्य लामा र रामकृष्ण नगरकोटी तथा किशोरीलाई घरबाट लैजाने अर्जुन लामालाई पनि पक्राउ गरेको छ ।

किशोरीको मेडिकल परीक्षणबाट उनीमाथि बलात्कार भएको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको एसपी जोशीले बताए ।