माननीय रवीन्द्र अधिकारीलाई खुल्ला पत्र ?

राजेन्द्र अधिकारी
पोखरा, साउन १ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीज्यू,
तपार्ईंसँग आमजनताको जुन अपेक्षा र भरोसा थियो, मन्त्री भएको छोटो समयमा नै त्यसमाथि धेरै नै प्रश्न चिह्नहरू खडा भएका छन्। लोकगायक प्रवीण गुरुङको सवारी दुर्घटनालाई लिएर तपाईले त्यतिबेला ठूलो चुनौती र साहसका साथ तत्कालीन शाहज्यादा पारस शाहलाई कारवाहीको चर्को आवाज उठाउनु भएको थियो । राजाको शासनको बेलामा पारसका विरुद्ध चुईक्क बोल्न नसक्ने अवस्थामा तपाईले कोरा कपडामा ५ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गर्दै न्यायको पक्षमा निर्भिक रूपमा उभिनु भयो ।

विद्यार्थी नेताका रूपमा सेलिबे्रटी बन्नु भयो। तर आज तपाईमा त्यो दम, साहस र इमान्दारिता रहेन । जब तपाई सडकबाट सत्तामा पुग्नुभयो । तपाईले एकपछि अर्को गर्दै छोटो समयमा नै धेरै गल्तीहरू गर्नुभयो । विवादित र धुमिल तपाईको छविलाई सुधानका लागि एक शुभचिन्तकका रूपमा यो खुल्ला पत्र लेख्दैछु ।

यतिबेला तपाईलाई मिडिया पटक्कै मन पर्दैन होला माननीयज्यू, तर पनि तपार्ईं यहाँसम्म आइपुग्नका लागि जुन तरिकाले होस् मेरुदण्ड र र्भयाङको भूमिका मिडियाले नै खेलेको हो । यो विषय आमजनताले भन्दा पनि गहन रूपमा तपार्ईंले बुझ्नु भएको छ । केही दिन अघि एभिन्यूज टेलिभिजनमा आएको समाचारले अझ तपाईको कमीजोरीहरूलाई छताछुल्ल बनाइ दिएको छ । नेपाल वायु सेवा निगमको वाईड बडी विमान खरिद प्रकरणका विषयमा एभिन्यूजका पत्रकारले प्रश्न सोध्दा तपार्ईंले देखाउनु भएको हर्कत सामाजिक सञ्जालहरूमा भाइरल बनिसकेको छ । हिजो विकास समितिको सभापति हुँदा तपार्ईंले विकास निर्माणका कामलाई जसरी खबरदारी गर्नु हुन्थ्यो, आज त्यो जुझारूपन तपार्ईंमा सेलाई सकेछ माननीयज्यू, ?

नेपाल वायु सेवा निगमको विमान खरिद र निगम व्यवस्थापनको विषयमा पत्रकारहरूको प्रश्नदेखि तपार्ईं किन तर्सनु हुन्छ आजभोलि – २४ अर्बको विषय कसरी सामान्य हुन्छ माननीयज्यू – जहाँ अनियमितता भएको प्रष्ट देखिन्छ, त्यस्तो विषयमा तपार्ईं किन अमूर्त जवाफ दिनुहुन्छ। ‘हामीसँग भएन खत्तम भयो भन्ने त जम्मै समाचारै समाचार छ नि, बनाउने भन्ने समाचार आउनु र्पयो, बन्यो, राम्रो भयो, अनियमितता रहेन भन्ने समाचार बनाउनु र्पयो ?’ भन्नुहुन्छ यति ठूलो अनियमितताको विषयमा उल्टै पत्रकारलाई ।

 

माननीय अधिकारीज्यू, बिना प्रतिस्पर्धा, सार्वजनिक खरिद प्रक्रिया मिचिएर र सम्झौंता अनुसारको नभइ कमिशनको चक्करमा एयर बस ३३० को दुईवटा वाईड वडी विमान कम क्षमताको ल्याइएको छ । विशेष गरी माननीय रवीन्द्र अधिकारीज्यू, तपार्ईंले उद्घाटन गरेर सामाजिक सञ्जालमा शुभकामना समेत दिइ सक्नु भएको यो विषयमा यति गम्भीर प्रश्न उठ्दा के तपार्ईं मौंन बस्न मिल्छ ? किन बोल्न सक्नु हुन्न माननीयज्यू,? यो विषयमा महालेखा परीक्षकको कार्यालयले पनि स्पष्ट रूपमा आशंका व्यक्त गरिसकेको छ । यसको सही तथ्य जवाफ चाहन्छन् सारा नेपालीहरू ? होइन, भने यसमा तपाईको पनि संलग्नता छ भनेर आशंका गर्न जनताले पाउने कि नपाउने ?

माननीयज्यू, समय अझै छ । गल्ती काम गर्नेहरूबाट नै हुन्छ । एकपछि अर्को गर्दै तपार्ईंका विषयमा उठेका विवादहरू सामान्य छैनन् । एनसेल काण्डमा जुन सेटिङ मिलाएर ढोका खोल्ने कामको सुरुवात तपार्ईंले गर्नुभयो । सबैले बुझेका छन् । यसमा तपार्ईंको विकास समितिदेखि न्यायालयसम्म राम्रै सेटिङ मिलेको थियो ।

त्यस्तै काठमाडौंको चुच्चेपाटी बौद्धमा रहेको तारा गाउँ विकास समिति अन्तर्गतको होटल हायतको सेयर बिक्रीको विषय पनि सारा जनताले नियाली रहेका छन् । सरकारी र निजी क्षेत्रको संयुक्त लगानी रहेको यस हायत होटलमा राज्यको अबौं रूपैयाँ लगानी छ । तर यस होटललाई भारतीय व्यवसायीहरूले कब्जा गरिरहेका छन् । होटललाई घाटामा देखाएर सरकारी सेयर कब्जा गर्ने भारतीय व्यवसायीहरूको रणनीतिमा तपार्ईंको भूमिका माथि प्रश्न चिह्न खडा भएको छ ।

१ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ३९ प्रतिशत शेयर अहिले घटाएर ९ प्रतिशतमा सीमित पारिएको छ। स्मरण रहोस्, तारागाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलको अध्यक्षतामा बनेको समितिले भारतीय व्यवसायीहरूले २० अर्ब हाराहारीको सरकारी सम्पत्ति हडप्न खोजेको प्रतिवेदनमा सार्वजनिक गरेका थिए। तपार्ईं यति प्रष्ट विषयमा पनि छानबिन र कारवाही अघि बढाउनुको साटो किन मौन बस्नु भएको छ माननीयज्यू, ? अब यो विषयमा पत्रकार सम्मेलन गरेर नै अघि बढ्नुहोस् कल्याण सूचनाको हकदावी गर्नेको हुनेछ ।

माननीयज्यू, तपार्ईंले आमजनताको अभिमतलाई लत्याउँदै विभिन्न घोटला काण्डमा मुछिएका धुमिल छवि भएका पात्रहरूलाई विज्ञमा नियुक्त गरेर अर्को ठूलो गल्ती गर्नु भएको छ । बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई तपार्ईंले एटीएम तथा हवाई कानून विज्ञका रूपमा नियुक्त गर्नु गम्भीर भूल थियो । श्रेष्ठ लगायतको टोलीलाई अख्तियारले ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बिगो र जरिबाना मागदावी गरेको थियो । अहिले यो मुद्दा सवोर्च्च अदालतमा विचाराधीन छ ।

चौतर्फी विरोध हुन थालेपछि तपार्ईंले हरिभक्त श्रेष्ठलाई त हटाउनु भयो तर आमजनताले तपार्ईंमाथि शङका गर्ने ठाउचोर औंला उठाउने समय प्रशस्त दिनुभयो। अझ् अर्का विवादित र धुमिल छवि भएका पात्र सुनिल शाक्यलाई भने आजसम्म पनि हटाउन सक्नु भएको छैन ।

माननीयज्यू, फेवाताल पोखराको र नेपालको मात्र सम्पदा रहेन । अब यो विश्व कैं सम्पदाको रूपमा रहेको छ । फेवाताल अतिक्रमण गर्ने सुनिल शाक्य जस्ता पात्र कसरी तपार्ईंको विज्ञ टोलीमा समावेश भए – पार्क भिलेज वाटर फ्रन्ट रिसोर्टका सञ्चालक सुनिल शाक्य जसले फेवातालको एक रोपनीभन्दा बढी क्षेत्रफलको सार्वजनिक जमीन मिचेर संरचना बनाएको पुष्टि भईसकेको छ । यस्ता व्यक्तिलाई तपार्ईंले कसरी र कुन प्रलोभनमा परेर विज्ञमा नियुक्त गर्नुभयो – यो विषय आमजनताका माझ मात्र नभएर गण्डकी प्रदेश सभामा समेत आलोचना गरिएको थियो । शाक्यलाई नहटाउँदासम्म यो समस्या यो शताब्दीसम्म रहनेछ ।

माननीयज्यू, जब पोखरेलीहरूको बहुप्रतीक्षित क्षेत्रीय अन्तर्रा्ष्ट्रिय पोखरा विमानस्थल निर्माणका विषयमा विज्ञका नाममा सञ्चार माध्यमहरूमा निराशाजनक अभिव्यक्तिहरू आउन थाले । यो विषयमा माननीय रवीन्द्र अधिकारीज्यू, तपार्ईं मौन बस्नुभयो। तर, प्रतिनिधिसभा बैठकमा माननीय सभासद् खगराज अधिकारीले यो विषयमा चर्को आवाज उठाउनु भयो ।

माननीय सभासद् खगराज अधिकारीले विशेषज्ञका नाममा जहाज नै उड्न सक्दैन भनेर गलत प्रचार गर्ने र मन्त्रालय भित्रका विकास विरोधी किराहरूलाई थुतेर कारवाही गर्न र निर्माण कार्य तीव्र रूपमा अघि बढाउन माग गर्नुभयो । यी सबै दृश्यहरू आम नेपालीहरूले प्रत्यक्ष टेलिभिजनहरूमा हेरिरहेका छन् । यो विषयमा पनि तपार्ईंको प्रतिक्रिया धेरै ढीलो गरी आयो ।

माननीयज्यू, कान्तिपुर राष्ट्रिय दैनिकर्मा ँपर्यटनमन्त्री रवीन्द्र अधिकारीले बाँडे मनपरी पैसा, १ सय ४ संस्थालाई ६० करोड’ भन्ने शीर्षकमा समाचार छापियो । माननीय रवीन्द्र अधिकारीज्यू, तपार्ईंले विभिन्न दलका नेता, साहित्यकार र कलाकारका नाममा राज्यको ढुकुटी मनपरी बाँड्नुभयो। यो रकम पाउने अधिकांश संस्था र प्रतिष्ठानहरू झोले प्रकृृतिका थिए । हचुवाको भरमा रकम बाँड्ने अनि यसरी बाँडिएको रकमको कुनै पनि हिसाब–किताब देखाउन नपर्ने भएपछि रकम पुरै दुरुपयोग हुँदैन कसरी भन्ने – युवा स्वरोजगार कोषको कार्यक्रम सञ्चालन हुँदा बाँडिएको रकमको हिसाब(किताब अहिलेसम्म भेटिदैंन ।

माननीयज्यू, साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले ट्वीटरमा ओली सरकारमा कोही राजाजस्ता, कोही राजकुमार जस्ता । सबै राम्रो म, सबै स्वेच्छाचारी । हैट, राजकुमार रवीन्द्र अधिकारीको यो मनपरी । संस्कृति प्रवर्द्धनका नाममा पार्टी ा आसेपासे, मण्डले, चैते र पवनपुत्रहरूलाई ६० करोड बक्सिस । राज्यको दुर्लभ रकम नाश, ओलीय समृद्धिको यो चमत्कार भनेर समेत व्यङ्ग्य गर्दै लेखे । कान्तिपुर राष्ट्रिय दैनिकले पत्रिकामा प्राथमिकताका साथ र अनलाइनमा रकम पाउने सबै संघसंस्था र सिफारिस गर्ने माननीय मन्त्री रवीन्द्र अधिकारीज्यूको हस्ताक्षरसहितको पत्रहरूसहित संलग्न गरेर समाचार प्रकाशन र्गयो । अब यस्तो काम नदोर्होयाउनुहोस् । भलो कर तिर्ने नागरिकको हुनेछ ।

माननीयज्यू, यस्ता अनेकन् विवादहरूमा छोटो समयमा नै तपार्ईं बदनाम हुन पुग्नुभयो । भनिन्छ, सङ्गत गुनाको फल । तपार्ईंलाई वरपरबाट वषौंदेखि यस्तै पात्रहरूले घेरिरहेका छन् । जो शक्ति र सत्ताको प्रयोग गरी राज्यदोहन गर्न सिपालु छन् । विचौलियाहरूको र माफियाहरूको घेराबन्दीबाट मुक्त हुनुहोस् माननीयज्यू । कल्याण सोझा मतदाताको हुनेछ। कालो चिया नै किन नपिउनुस् उज्यालो मनले बौद्धिक वर्गसँग समृद्धिको बहस गर्नु । गन्धे नालीबाट माथि उठेर मेचीकाली भएर बग्नुहोस् ।

माननीयज्यू, तपार्ईंलाई केही थाहा छैन जनतालाई भन्ने लाग्छ होला । तपार्ईंको उठबस, हिमचिम, नजिकका मित्र, शुभचिन्तक सबैलाई सबैले नियाली रहेका छन् । आज तपार्ईंको त्यो आश र भरोस लाग्दो छवि, त्यो क्रान्तिकारी युवाबाट रूपान्तरण भएर आज विस्तारै विचौलियाको एजेण्टका रूपमा देखा पर्दैछ । त्यसकारण यस्ता विषयहरूले तपार्ईंलाई त छुँदैन होला, तर तपार्ईंलाई मत दिएर यो ठाउँसम्म र्पुयाउने सारा पोखरेलीहरूको मन र विश्वास भने छिया–छिया भईसकेको छ । यी गल्तीहरूलाई हृदयबाट नै स्वीकार गरेर आगामी दिनहरूमा जनताको मन जित्ने काम गर्नुहोस् । धुमिल भएको आफ्नो छविलाई सुधार्न गलत सङ्गत, गलत सल्लाह, गलत खानपान, गलत सोचाई र विचौलियाहरूबाट टाढा रहनुहोस् । हामी शुभचिन्तकहरूले तारिफको गीत गाउन पाइयोस्, शुभकामना छ माननीय रवीन्द्र अधिकारीज्यू, ।

(लेखक नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष हुन् ।)