माधव पक्ष छोडेर योगेशले भनेः मेरो लागि सबै भन्दा कठिन दिन

पोखरा, जेठ ७ ।
नेकपा एमालेका नेता योगेश भट्टराईले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिन शुक्रबार भएको बताएका छन् । फेसबुक पेजमा स्टाटस लेख्दै उनले पार्टी एकताको पक्षमा आफु रहेकोले देउवाको पक्षमा हस्ताक्षर गर्न नसकेको बताए ।
एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि उनले गरेनन् । एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको उनको भनाई छ ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ,’ उनले भने, ‘सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’ यसअघि उनी नेपाल समूहमा खुलेरै लागेका नेता हुन् ।