माछापुच्छ्रेको टेण्डर विवाद–गाउँपालिकाले गरेको रद्धलाई अदालतको साथ

पोखरा, साउन १० ।
कास्कीको माछापुच्छ«े गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेको सडक उपयोग कर उठाउने टेण्डर रद्ध गर्ने निर्णय अदालतले सदर गरेको छ । असार २५ गते आव्हान गरेको सूचना वमोजिम वोलपत्र दाखिला गरेका २७ वटै फर्मको रित नपुगेको भन्दै गाउँपालिकाले ठेक्का रद्ध गरेको थियो । तर रित पूरा गरेर बोलपत्र फाराम भरेपनि गाउँपालिकाले आँफुमाथी अन्याय भएको भन्दै डिएलएस कन्स्ट्रक्सनका लिलाधर ढकालले उच्च अदालतमा गाउँपालिका कार्यालयलाई विपक्षी वनाएर रिट दायर गरेका थिए ।

मर्दीपुल–माछापुच्छ«े–लुम्रे–अस्ताम–धिताल, घट्टेखोला–धम्पुस–देउराली–वास्कोट तथा सार्दीखोला–भुर्जुङखोला सडकमा सडक उपयोग करको लागि टेन्डर आह्वान भएपछि वोलपत्र दाखिला गरेका ढकालको फर्म दर्ताको प्रमाणपत्र नपुगेपछि उनको वोलपत्र रद्ध भएको थियो । आफ्नो मान्छेलाई ठेक्का नपरेपछि पूर्वाग्रही रुपमा रद्ध गरिएको भन्दै ढकाल अदालत पुगेका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । गाउँपालिका भित्रको ३ वटा सडकमा सडक उपयोग कर उठाउन पुन दोस्रो पटक ठेक्का लगाउने सूचना कानुन अनुसारनै भएको उच्च अदालतको निर्णय छ । विहीवारको पेशीमा निवेदकको तर्फवाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले वहस गरेका थिए भने विपक्षीको तर्फवाट गाउँपालिका अध्यक्ष कर्णवहादुर गुरुङ आफैले जवाफ दिएका थिए । अघिल्लो पटक वोलपत्र पेश गरेका कुनै पनि कम्पनीले रित पुरा नगरेको भन्दै पुन साउन ३ गते गाउँपालिकाले अर्को सूचना जारी गरेको थियो ।

गाउँपालिका अध्यक्ष कर्णवहादुर गुरुङले अदालतको आदेशले आफु माथिको आरोप गलत भएको पुष्टि गरेको बताए । ‘हामीले सार्वजनिक खरिद ऐनकै आधारमा कानुन वमोजिमनै टेण्डर आह्वान गरेका थियौं । रित नपुगेपछि सबै फाराम खारेज गरेका हौं, उनले भने–कानुन र बिधीको शासनमा बिश्वास र हेक्का राख्दै गरेको निर्णयमा सम्मानित न्यायलयले गरेको आदेश स्वागतयोग्य छ । म माथी लगाएका कपोल कल्पित आरोपहरु मिथ्य साबित भएको छ । यसबाट जनताको पक्षमा न्यायपुर्ण कार्य गर्ने थप उत्प्रेरणा र उर्जा प्राप्त भएको अनुभूति भएको छ ।’

रिट निवेदक लिलाधर ढकालले अदातलले गरेको आदेशलाई आफुले सम्मान गर्ने प्रतिक्रिया दिए । ‘यसअघि ईजाजत पत्रकै आधारमा काम भएकोले यसकै आधारमा गर्दा कानुन अनुसारनै हन्छ भन्ने ठानेर नै म न्यायको खोजीमा अदालत गएको हो, उनले भने–अदालतले जुन आदेश गरेको छ । यसको सम्मान गर्छु ।’