माघेसंक्रान्तिमा गण्डकी प्रदेशलाई सार्वजनिक विदा

पोखरा, पुस २५ ।
माघे संक्रान्तिमा गण्डकी प्रदेशभित्र सार्वजनिक विदा दिईएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकबाटै सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

थारु र मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउदै आएको माघे संक्रान्तीलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनीक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनीक संस्थानमा सार्वजनीक विदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघीको अवसरमा विदा दिएको छ ।

तर यसअघि प्रदेश सरकारले दिएको विदालाई केन्द्र सरकार अन्तर्गतका कार्यालयले अटेर गरेका थिए । यसपालिको बिदामा संघ सरकारका कार्यालय पनि बन्द गरिदिन उनको आग्रह छ ।