माओवादी सरकारमा नजाने

काठमाण्डौं, फागुन ३ ।
नेकपा माओबादी केन्द्र ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । ओली सरकारलाई समर्थन गरेपनि आफ्ना मन्त्री नपठाउने माओबादीले निर्णय गरेको छ । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
बैठकमा नेता रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, मातृका यादव लगायतका नेताहको सहभागी रहेको थियो । गएरातिको बैठकमा लिखित सहमति गर्ने बेलामा एमाले नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जबज) छोड्ने नसक्ने बताइरहदाँ ओलीले जबजलाई दृढतापूर्वक कार्यान्वयन गर्ने बताएपछि माओवादी भड्किएका थिए ।
माओवादीले भने जबज र २१ औ शताब्दीको जनवाद दुवैलाई थाती राखेर महाधिवेशनमा जानु पर्ने प्रस्ताव राखेका थिए । एमालेले जबज छोड्न नसकिने बताएपछि माओवादी तत्काललाई सरकारमा नजाने निर्णयमा पुगेको हो । प्रधानमन्त्री ओलीले माओवादीसँग पहिलो मन्त्रिपरिषदको गठनका लागि दुईजना मन्त्री मागेका थिए । माओवादीले सरकारमा तत्काल नजाने भन्दै मन्त्रीको नाम समेत पठाएन ।