माओबादी नेता दीपकले लाईन बसेर भोट हाले

पोखरा, मंसिर २१ ।
माओबादी नेता तथा कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दीपक कोइरालाले आफ्नै मतदान केन्द्रबाट भोट हाले । उनले विहान ७ बजेदेखि नै लाईन लागेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित रामेश्वरी मावि मतदान केन्द्रबाट भोट हालेका हुन् ।
कोइरालाले पनि आँफुलाई मतदान गर्न पाएनन् । उनी प्रदेशसभा (क) का उम्मेदवार हुन् भने उनको नामावली प्रदेशसभा (ख) मा छ । कोइरालाले देशको स्थीरता र समृद्धीका लागि वाम गठबन्धन दुई तिहाई बहुमत सहित बिजयी हुनुपर्ने धारणा राखे ।