महिला हिंसाका घटना सरकारविरुद्ध षड्यन्त्र–प्रचण्ड

काठमाण्डौं, भदौ २८ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको टिप्पणी गरेका छन् । नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको भन्दै उनले समाजमा अराजकता बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे ।

‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ’ उनले भने ‘तर अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ । विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।’

महिला हिंसा, भष्टाचार र कालोबजारीका घटना नियोजित रुपमा नै आइरहेको भन्दै प्रचण्डले यस्ता घटना सरकारविरुद्धको षड्यन्त्रकै रुपमा आउन खोजेको उनले बताए ।