महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न

पोखरा, मंसिर २२ ।

लायन्स क्लब अफ लेखनाथ सिमसारद्वारा आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ ।

महिलाको दैनिक जिवनमा प्रयोगमा आउने सामाग्री उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा पोते बनाउन सिकाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल ३२५ बि १ का डिपार्टमेन्ट चिप एवं रेडियो जननीका अध्यक्ष मिलन थापाले महिलाहरुमा भएको सिप र क्षमतालाई व्यवसायिकतामा परिणत गर्न सके मात्रै राष्ट्र समृद्धिको अभियानमा ईट्टा थपिने बताईन् । तालिम पश्चात सिकेको सिपलाई व्यवसायिकतामा परिणत गरि आत्मनिर्भर बन्नका लागि समेत उनले सहभागिहरुलाई शुभकामना व्यक्त गरिन् । वर्तमान सरकारले आर्थिक समृद्धिका लागि अबको अभियान उद्यमशिलतामा केन्द्रित गरेर लैजानुपर्नेमा जोड दिँदै उनले महिलाहरुले थालेका यस्ता अभियानमा आफ्नो पूर्ण साथ र सर्मथन रहने प्रतिबद्धता जाहेर गरिन् ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष माया बरालले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको यस तालिमले उद्यमशिलता प्रवद्र्धनमा टेवा पुग्ने बताईन् ।

क्लबका निर्वतमान अध्यक्ष एवं कार्यक्रम संयोजक मेनुका श्रेष्ठले महिलाहरुलाई सशक्त बनाउनका लागि आर्थिक सबलीकरण महत्वपूर्ण पाटो भएकाले तालिमको आयोजना गरिएको बताईन् ।

सहभागिहरुको तर्फबाट आफ्ना भनाई राख्दै गगां थापा र पुजा खड्काले तालिमले सम्पुर्ण सहभागिलाइ हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा जोन चियर पर्सन लायन सावित्री अर्याल र कमिटी मेम्बर टोल प्रसाद अर्यालले सहभागिलाई बधाई ज्ञापन गरेका थिए ।

क्लवका सचिब गिता वरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत अध्यक्ष लायन माया बरालले गरेकी थिईन् ।

पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा विनिता सापकोटा, सुकमाया गुरुङ्ग, प्रभा खत्री, प्रतिभा खड्का, अमृता श्रेष्ठ, दिप ज्याति बराललगायत २८ जनाको सहभागिता रहेको थियो ।