महिलालाई नेतृत्व विकास तालिम

पोखरा, जेठ २७ ।
पोखरा १० रामबजारका महिलाहरुलाई नेतृत्व विकास तथा उद्घोषणकला तालिम दिईएको छ । बुद्धचोक आमा समूहको अगुवाईमा वडा कार्यालयको आर्थिक सहयोगले तालिम दिईएको हो । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष राजकुमार गुरुङ देशको जिम्मेवारी महिलाको काँधमा आएकोले जिम्मेवारी लिनका लागि तयार रहन आग्रह गरे । उनले नेतृत्व क्षमतामा विकास गर्दै महिलाको समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधीहरु प्रतिभा पोख्रेल, गौरी टोल विकास संस्थाका अध्यक्ष सूर्य बानियाँ, घरदैलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामबहादुर बानियाँ, बुद्धचोक युवा क्लवका अध्यक्ष हरि बहादुर थापा, संस्थाका पूर्व अध्यक्ष सीता बानियाँ लगायतले महिलाको क्षमता विकासमा राज्यको लगानी अधिक रहेकोले त्यसको उपयोग गर्नुपर्नेमा जोड दिए । तालिमको सहजीकरण महिला नेतृ निर्मला कार्की भण्डारीले गरेकी थिईन् ।