महिना दिन नपुग्दै थन्कियो सरकारको नयाँ जहाज

काठमाण्डौं, भदौ ३० ।
नेपाल वायुसेवा निगमका दोस्रो नयाँ वाइडबडी विमान सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको छ । यही भदौ ८ बाट सञ्चलनमा आएको निगमको दोस्रो नयाँ वाइडबडी ३३०–२०० सञ्चालनमा आएको महिनदिन नपुग्दै ग्राउन्डेड भएको हो । योसँगै निगमको अर्को एयरबस ३२०–२० पनि ग्राउन्डेड भएको छ ।

कलसाइन (एन) एएलजेड भएको दोस्रो नयाँ वाइबडी मकालु विमानले पहिलो उडान बैंककमा गरेको थियो । बिहीबार दिल्लीबाट काठमाडौं उडान गरेको विमान इन्जिनियरले जाँच गर्दा कार्गोको ढोका कुच्चिएको पाइएको हो ।

ढोका कुच्चिएको पाइएपछि विमान ग्राउन्डेड भएको थियो । उक्त विमान शनिबार बेलुकाबाट सञ्चालनमा आउने निगमले जानकारी दिएको छ । त्यस्तै निगमको अर्को अन्तराष्ट्रिय उडान गर्दै आएको एयरबस ३२०–२०० विमान भदौ २१ देखि ग्राउन्डेट भएको छ ।

१० दिन देखि ग्राउन्डेट भएको सगरमाथा विमान आइतबारदेखि सञ्चालनमा आउने निगमले जानकारी दिएको छ । मलेसियाबाट नेपाल उडान गरेको निगमको कलसाइन (एन) एकेडब्लु भएको विमानको पखेटामा चरा ठोकिए पछि ग्राउन्डेट भएको थियो । दुबै विमान एयरबस कम्पनीसँग खरिद गरेको हुँदा सो कम्पनीसँग परामर्शपछि मर्मत गरेर मात्र उडान गर्न सकिने छ ।