महानगरमा ढिलासुस्तीको विरोध गर्दै कार्यालयमै नाराबाजी (भिडियो सहित)

पोखरा, फागुन २३ ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयले सेवा प्रवाहमा गरेको ढिलासुस्ती प्रति सेवाग्राही नागरिकहरुले नाराबाजी गरेका छन् । बुधबार कार्यालयमा पुगेका सेवाग्राहीले लामो समय कुर्दा समेत कर्मचारीले काम नगरिदिएपछि विरोध स्वरुप नाराबाजी गरेका हुन् । महानगरले आयोजना गरेको भवन निर्माण मापदण्डबारे बैठक चलिरहेका बेला उनीहरुले बैठक कक्ष अगाडी नै नारा लगाएका थिए ।

‘दिनहुँ कार्यालय आयो कहिले के कहिले के भनेर टार्छन् । कर्मचारी कुर्चीमा हुँदैनन्, उनीहरुले भने–सेवाग्राहीको लाईन सडकसम्म पुगिसक्यो । सबै कुर्ची खाली छ । कर्मचारी जति मिटिङ भनेर हराउँछन् ।’ महानगरमा हुने ढिलासुस्तीको अन्त्यका लागि उनीहरुको आग्रह छ । सेवाग्राहीले ढिलासुस्ती मुर्दाबाद, भ्रष्टाचार मुर्दाबाद जस्ता नारा लगाएका थिए ।