महानगरबाट लेखनाथ अहिले नहट्ने

पोखरा, असार १० ।
पोखरा लेखनाथ महानगरपालिकाको तेश्रो नगरसभा आजदेखि सुरु हुँदैछ । यसअघि महानगरको नाम फेर्ने बिषयमा धेरै छलफल भएपनि अहिलेको नगरसभामा नामबारे प्रश्ताव गरिएको छैन ।

पोखरा लेखनाथबाट लेखनाथ हटाउने धेरै दवाव भएपनि आईतबारको नगरसभाको कार्यतालिकामा नामबारे प्रश्ताव नभएको श्रोत बताउँछ । ‘नामबारे अहिले कुनै प्रश्तावित कार्यक्रम छैन । त्यसैले नगरसभामा नामको बिषयमा छलफल हुने सम्भावना निकै कम छ, श्रोतले भन्यो–बजेट र नीति तथा कार्यक्रम सार्वजनिक भएपछि अरु दिनमा छलफल होला ।’

यसअघि दोश्रो नगरसभा मै वडाध्यक्षहरुको बहुमतले नाम फेर्न प्रश्ताव गरिएको थियो । तर मेयर मानबहादुर जिसीले अहिले हतार नगर्ने भन्दै प्रश्ताव छलफलमै ल्याएनन् । सम्भवतः यो नगरसभामा पनि महानगरको नाम फेर्ने बिषयले ठाउँ नपाउने पक्कापक्की जस्तै छ ।