महानगरका बरिष्ठ अधिकृत ओमराज पौडेल भेटिएनन्

पोखरा, असार ९ ।
पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल अझै भेटिएका छैनन् । शनिवार विहान देखि बेपत्ता भएका उनी दिनभर खोजी गरिएपनि नभेटिएका हुन् ।

पत्र लेखेर घरबाट निस्किएको थाहा पाउने वित्तिकै कास्की प्रहरी र रेस्क्यु टोलिले खोजी गरेपनि भेट्न सकेन । आफ्नो परिवारलाई केही पनि गर्न नसकेको गुनासो पत्र लेखेर विहान ५ बजेतिर घरबाट निस्किएका हुन् ।

आफुसँग भएका दुईवटै मोवाईल घरमा छोडेर निस्किएका उनलाई दिनभरी सेती किनारमा खोजि गरिएको थियो । तर हालसम्म पत्ता नलागेको र आईतबार पनि विहानै देखि खोजी थालिने प्रहरीले जनाएको छ ।

पौडेल पोखरा लेखनाथ महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुखको रुपमा कार्यरत छन् । विगत दुई दशकदेखि उनी महानगरमा काम गरिरहेका छन् ।