महानगरका पौडेल वेपत्ता

पोखरा, असार ९ ।

पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिरहेको छ ।

उनी घरबाट निस्किएपछि सेतीमा किनारमा एउटा शव फेला पारेको थियो । यद्यपी उक्त शव पुरानो र अर्कैको भएको प्रहरीले जनाएको छ । पौडेलको खोजी अहिले पनि जारी छ । घरबाट निस्कनु अघि उनले लेखेको पत्रमा मैले आफ्नो परिवारको लागि केही पनि गर्न नसकेको कुरा उल्लेख छ ।