मर्स्याङदीमा डुबेर १ जनाको मृत्यु

पोखरा, भदौ ३१ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा मस्र्याङदी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ । ढापटारकै अन्दाजी ७५ बर्षका सुक नारायण श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठ डुवेको खवर पाएपछि प्रहरीको टोलिले खोजतलास गरेको हो । उनको कुडुले भन्ने ठाउँमा शव भेटिएको हो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।