मलेसियामा कारको ठक्करले एक नेपालीको मृत्यु

मलेसिया, मंसिर १७ ।
मलेसियामा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङ राज्यस्थित कुलिममा करले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको मृत्यु भएको हो ।

आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा उनलाई ठक्कर दिएको थियो । शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा थिए ।