मर्स्याङदीमा डुवेर फ्रान्सेली नागरिकको मृत्यु

पोखरा, कार्तिक ६ ।
नेपाल घुम्न आएका फ्रान्सेली पर्यटकको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका १ दिरान ताल भन्ने ठाउँमा मर्स्याङदी नदीमा डुवेर फ्रान्सेली नागरिक फिलिप्टे गोरको मृत्यु भएको हो ।

हिड्दै गर्दा एक्कासी चिप्लिएर उनी नदीमा खसेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।