मन्त्री थापा र पुछन नगरका मेयरबीच भेटबार्ता

पोखरा, भदौ २८ ।
कोरिया भ्रमणमा रहेका कानुन, तथा संसदिय मामिला मन्त्री यज्ञ बहादुर थापा र कोरियाको पुछन नगरपालिकाका मेयर किम जंग छन बीच भेटवार्ता भएको छ । एनआरएन कोरियाको छैठौँ अधिबेशनलाई सम्बोधन गर्न कोरिया पुगेका थापा र मेयर जंग बीच भएको भेटका क्रममा दुई पक्षीय हितको बिषयमा छलफल भएको थियो । छलफलका बेला पुछन नगर र पोखरा महानगरपालिका सहित नेपालका बिभिन्न नगर बीच सम्बन्ध स्थापित गर्न आपसी पहल गर्ने बिषयमा कुराकानी भएको छ ।
भेटवार्ताका बेला मन्त्री थापाले कोरियाको बिकास र सम्बृद्धीबाट नेपालले धेरै कुरा सिकेको भन्दै आपसी सहकार्यको लागि तयार रहेको बताए । उनले कोरियाले नेपालको विकासमा सकारात्मक सहयोग गर्दै आएको भन्दै थप समन्वयको आवश्यकता रहने उल्लेख गरे । मेयर जंगले नेपालको बिकास र सम्बृद्दीको लागी आफुहरू सहयोग गर्न ईच्छुक रहेको जानकारी गराएका थिए । पोखरा र पुछन नगर भूबनौटमा पनि समान भएकाले सम्बन्ध अगाडी बढाउने कुरामा सकारात्मक प्रतिक्रिया दिएका मन्त्री थापाले बताएका छन् । चारदिनदेखि कोरिया भ्रमणमा रहेका मन्त्री थापा भ्रमण पूरा गरी सोमबार नेपाल फर्किएका छन् ।