मन्त्रीहरू हेरफेर हुन सक्छन्–प्रचण्ड

काठमाण्डौं, भदौ २० ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा सरकारका मन्त्रीहरूको फेरबदल हुनसक्ने बताएका छन् । देश र जनताका अपेक्षासामु व्यक्ति गौण हुने उनको भनाइ छ । आफ्नै निवास खुमलटारमा सम्पादक र राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसारको काम गर्नका लागि आवश्यक परे मन्त्रीहरूको हेरफेर हुनसक्ने बताएका हुन् ।

‘पहिलेको सरकार र कम्युनिस्ट पार्टीको दुईतिहाइ बहुमतको सरकारका बीचमा के फरक भयो ? जनतामा निराशा भयो भन्ने खालका गुनासा आएका छन्,’ प्रचण्डले भने, ‘धेरै टिप्पणी गरेर समस्या समाधान त हुँदैन । तर सरकारको समीक्षा गर्ने बेला भयो भनेर दुई अध्यक्षबीच गम्भीर छलफल र समीक्षा शुरू भएको छ ।’

प्रचण्डले सरकारका काम कारवाहीको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आफूले आजै छलफल गर्न लागेको बताए । ‘जनतामा बढेको निराशालाई हटाउनका लागि जस्तोसुकै कदम चाल्ने हो, कोही मन्त्री परोस्, नपरोस्, पार्टी आन्दोलन र जनताका अपेक्षाभन्दा व्यक्ति ठूलो होइन,’ प्रचण्डले भने ।

प्रचण्डले जनताको पक्षमा काम गर्न नसक्ने दुईचार जना मन्त्री हट्न सक्ने संकेत पनि गरेका लोकान्तरले लेखेको छ ।

याे पनि पढ्नुस् 

मन्त्री हेरफेर होहल्लाः बादललाई रक्षा–ईश्वरलाई गृह, मात्रृका आउट–जनार्दन ईन !