मन्त्रीकै कार्यकक्षमा कुटिए पिए

काठमाण्डौं, भदौ २७ ।
मन्त्रीलाई भेट्न नदिएको भन्दै मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । नेपाल समाचारपत्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवका पीए सन्तोष विष्टले भेट्न आएकालाई लामो समयसम्म भेट्न नदिएपछि कुटाइ खाएका हुन् ।

कुटपिट गर्ने नेकपाकै कार्यकर्ता हुन् । द्वन्द्वपीडितसमेत रहेका ती कार्यकर्ताले साँझ ६ बजेसम्म कुर्दा पनि भेट्न नदिएपछि बिष्टमाथि हातपात गरेको समाचारमा उल्लेख छ ।