मनाङमा हिमपात, १० पर्यटक सम्पर्कविहीन (फोटो फिचर)

पोखरा, माघ १० ।
मनाङमा हिमपात भएको छ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोँ, मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा अधिक हिमपात भएको छ । हिमपातका कारण धेरै ठाउँहरुमा सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । मंगलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कमा छैनन् । उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । सम्पर्क विहिन भएका पर्यटकहरुको खोजी चलिरहेको छ ।
तस्विरः सिर्जना राना÷मनाङ