मध्यराती पोखराको जीरोमा कार दुर्घटना, क्षतविक्षत गाडी

पोखरा, पुस १० ।
सोमबार राती पोखराको जीरो किलोमिटरमाा कार दुर्घटना भएको छ । कारको चालक फरार छन् । रक्सी पिएर गाडी चलाएकोले दुर्घटना भएको हुन सक्ने कास्की ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

‘प्रकृति हेर्दा रक्सी पिएर दुर्घटना भएको जस्तो देखिन्छ । तर चालक फरार छन्, उनले भने–घटनाबारे अनुसन्धान भैरहेको छ । सम्पर्कमा आएपछि घटना थाहा हुन्छ ।’

कार अनियन्त्रित हुँदा केही घरका सटरहरु र विजुलीका पोलहरुमा क्षति पुगेको छ । ग १ च ८५६१ नम्बरको कार अनियन्त्रित भएर जथाभावी भौतिक संरचनामाथी ठोकिएको हो । क्षतविक्षत भएको गाडीलाई क्रेन लगाएर ट्राफिक कार्यालयमा ल्याईएको छ ।

Photo-Sudarshan Ranjit