मध्यरातमा नेता सिटौलाको घरमा बम विस्फोट

काठमाण्डौं, मंसिर १२ ।
झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ । उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
गएराति करिब १२ः४५ बजे घर नजिकै पछाडिपट्टि सो विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षति भने भएको छैन। विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।