मध्यरातमा चिनियाँ नागरिक ८ केजी सुनसहित विमानस्थलबाट पक्राउ

काठमाण्डौं, मंसिर १३ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

File Photo