मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गर्दा गर्व छः प्रचण्ड

काठमाडौं, जेठ ३ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन—आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन—आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए । मदन—आश्रित स्मृति दिवसको अवसरमा एमाले पुरानो पार्टी कार्यालय बल्खुमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘आज नै मदन भण्डारी अबसान भएकै दिन पार्टी एकता गरौं भनेको मैले हो । मलाई गर्व छ आजकै दिन हामी पार्टी एकतामा जादैछौं ।’ आज नयाँ प्रक्रिया शुरु गर्न लागेको बताउँदै उनले प्रचण्डले भने, ‘यो नै कमरेड मदन र आश्रतिप्रतिको सच्चा सम्मान हुनेछ ।’