मतदान केन्द्र नजिक एमालेको स्वास्थ्य शिविर

पोखरा, मंसिर २१ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्रावि मतदान केन्द्र नजिक नेकपा एमालेले स्वास्थ्य शिविर राखेको छ । मतदातालाई प्रभावित गर्ने गरी एमालेका कार्यकर्ताले स्वास्थ्य शिविर रोखेका हुन् ।
श्रोतका अनुसार एमालेबाट निर्वाचित वडाध्यक्ष रुद्रनाथ बरालको सक्रियतामा शिविर सञ्चालन गरिएको हो । शिविरमा खटिएका डाक्टरले एमालेले बृद्धबृद्धाका लागि स्वास्थ्योपचार गर्नका लागि शिविर राखेको स्वीकारे ।
एनले आफ्नो नाम भने बताउन चाहेनन् । ‘बृद्धबृद्धालाई स्वास्थ्य जाँच गराउन एमालेले शिविर राख्न लगाएको हो । उनले भने–यसले मतदाता भड्किँदैनन् । सेवाभावले काम गरेका हौं ।’