मतदानपछि भट्टराई र श्रेष्ठले भने-जनताले अत्याधिक मतले जिताउनेछन्

गोरखा, मंसिर १० ।

नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुबैले जीतको दावी गरेका छन् ।
गोरखा–२ मा आफूले आफैलाई मतदान गरेपछि दुबै नेताले यस्तो दावी गरेका हुन् ।
भट्टराईले विहान ९.२५ बजे गोरखा–२ मा पर्ने पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गरेका थिए ।
श्रेष्ठले पनि गोरखा–२ मा पर्ने सिरानचोक–८ जौवारीस्थित परोपकार उच्च माविमा राखिएको मतदान केन्द्रबाट मतदान गरे ।
मतदानपछि भट्टराईले गोरखा–२ का मतदाताले विजय गराउनेमा आफू विश्वस्त रहेको बताए ।
‘दुवै संविधान सभामा मलाई अत्याधिक मतले यहाँका मतदाताले विजयी गराए’ भट्टराईले भने, ‘यस पटकपनि यहाँका जनताले अत्याधिक मतले विजयी गराउनेछन् ।’
दुवै संविधान सभा निर्वाचनमा गोरखाका जनताले क्रान्तिकारी शक्ति रोजेको बताउँदै यस पटकपनि त्यही परिणाम आउने श्रेष्ठले बताए । उनले भने, ‘गोरखाली जनताले क्रान्तिकारीलाई रोज्ने भएकाले मेरो विजय सुनिश्चित छ ।’