मतदानपछि काँग्रेस उम्मेदवार चालिसेले भने–बहुमतले विजयी हुनेछु

पोखरा, मंसिर २१ ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले मतदान गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित जनप्रिय मावि केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले जनताको विश्वास आफ्नो साथमा रहेकाले बहुमतका साथ विजयी हुने बताएका छन् । ‘हामीले जनता मालिक हुने विश्वासलाई मतदानका माध्यमबाट सेवक रोज्ने अवसर पाएका छौं । जनताले त्यसलाई बुझेका छन्, उनले भने–सबै मतदाताको विश्वास जितेको छु । अव चुनाव पनि बहुमतले जित्छु ।’