मतदाताले थापालाई भने–सबैलाई हेरियो, भोट रुखमै दिन्छौं

पोखरा, मंसिर २
पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे ।
कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य देवराज चालिसे र प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापालाई बयोबृद्धादेखि युवापुस्ताले बाटोको बेहाल भएको देखाउँदै चुनावी मुद्धा मात्रै नबनाई विकासको काम गरिदिन आग्रह गरे ।
पोखरा लेखनाथ महागरपालिका वडा नं ८ सिदार्थचोकभन्दा दक्षिण तर्फ भित्री क्षेत्रमा उम्मेदवार दुवै घरदैलोमा जुटेका थिए । घरदैलो अभियानमा रहेको उनीहरुलाई अधिकांश मतदाताले विकासलाई प्राथमिकतामा राख्दै तत्कालै आवश्यकताको बाटो निर्माण गरेर सहयोग गरिदिनुपर्ने माग राखे ।
वडा नं ८ नेपाली काँग्रेसको पकट क्षेत्र मानिन्छ । प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले व्यवस्थित बस्ती विकाससँगै बस्तीलाई अत्यावश्यक पुर्वाधार निर्माणमा आफनो प्रतिबद्धता जनाए । “मेरो उम्मेदवारी समृद्ध समाज निर्माणको लागि हो ।”उनले भने–अत्यावश्कय पुर्वाधारको लागि सदैवमा प्राथमिकतामा रहने छ ।”
थापाले अव्यवस्थित बन्दै गएको पोखरालाई व्यवस्थित ढल निर्माण, सडक विस्तार, ट्राफिक व्यवस्थापन, फोहोर मैलाको व्यवस्थापन तथा रिङरोडको अवधारणालाई आफनो घोषणापत्रमा उल्लेख गरेका छन् । घरदैलोमै उनले आफनो एजेण्डालाई सुनाईरहँदा कार्यकर्ता र कलाकार भने संगीतमा रमिरहेका थिए । कलाकार चोलेन्द्र पौडेलले भन्दै थिए–“को कस्तो चिनियो, रुखमै भोट दिनी हो ।”