मजदुर दिवसका अवसरमा फ्रान्समा व्यापक प्रदर्शन, २ सय मजदुर पक्राउ

पोखरा, बैशाख १९ ।

फ्रान्समा मजदुर दिवसका अवसरमा निकालिएर्को यालीमा सहभागी २ सय जना पक्राउ परेका छन् । राष्ट्रपति इमानुयल म्याक्रोनको श्रमिक सुधारको योजना बिरुद्ध आयोजना गरिएको शान्र्ति यालीमा उग्र वामपन्थी समूहले हस्तक्षेप गरेपछि झडपसमेत भएको थियो । सो समूहका कार्यकर्ताले शन्तिपूर्र्ण यालीमा प्रवेश गरी जथाभावी तोडफोड र आगजनी गरेपछि उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पेरिस शहरका धेरै पसलमा आगजनी, तोडफोड र सवारी साधनमा क्षति र्पुयाएका छन् । हिंसात्मक घटना नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार र पानीका फोहोरा प्रयोग गरेको थियो । त्यस क्रममा चार जना सामान्य घाइते भएका छन् र्। यालीमा करिब १ हजार २ सय सहभागी रहेको बताइएको छ । (एजेन्सी)