मख्युमन्त्री भन्छन्—प्रदेश सरकारलाई डमरु बनाईयो ।

प्रकाश ढकाल
पोखरा, जेठ १४

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्राधिकार भित्र रहेर सरकारले प्रशंसनीय काम गरेको दावी गरे । ‘अरु प्रदेशले भन्दा धेरै ऐन कानुनहरु हामीले बनाईसक्यौं । नीति कार्यक्रम अरु प्रदेशभन्दा उत्कृष्ट छ, उनले भने–हरेक हिसावले प्रदेश सरकारहरुको लिडिङ प्रदेश ४ ले गरेको छ ।’ प्रदेशको नामाकरण बाहेक सबै काममा प्रदेश ४ पहिलो भएको गुरुङको भनाई छ ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार डमरुको रुपमा चित्रित गरेका छन् । ‘डमरुको एकातिर नेपाल सरकार छ अर्कोतिर स्थानीय सरकार छन् । प्रदेश सरकार बीचमा छ कतैबाट पनि बज्न पाउँदैन, उनले भने–प्रदेश संरचनालाई असफल बनाउने तत्व सक्रिय छन् । यसबाट बच्नुपर्छ ।’ गुरुङले प्रदेशलाई नमुना र समृद्ध प्रदेशको रुपमा स्थापित गरिछाड्ने बताएका छन् । कार्यक्रममा पत्रकारहरुले चालू बजेट खर्चको स्थिति, प्रदेशको नामाकरण, योजना आयोग गठन, सम्पत्ति विवरण सार्वजनिक लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

सयदिनको महत्वपूर्ण कामहरु
७ वटा ऐन कानुन प्रदेशसभाबाट पारित
१७ मस्यौदा तर्जुमाका लागि कानुन मन्त्रालयबाट सहमति
प्रदेश समन्वय परिषद् गठन
होम स्टेको तथ्याकं संकलन
खानेपानी र विद्युत बञ्चित क्षेत्रको पहिचान
औद्योगिक क्षेत्रका लागि जग्गा खोजी
प्रदेश स्तरीय सडकको खाका तयार
प्रदेशस्तरीय योजना बैंक तयार