भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने

काठमाण्डौं, कार्तिक ११ ।
भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख र १५ लाख रुपैयाँ ऋण नपाउने भएका छन् । भूकम्पलगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख र उपत्यकामा २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो ।

हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करिब एक हजार ३०० पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्था हटाइएको हो । अब ऋण लिनका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने गरी एक अर्बको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।