भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण

काठमाण्डौं, असोज २४ ।
सरकारले भूकम्पपीडित परिवारलाई निर्ब्याजी ऋण दिने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निर्ब्याजी ऋण दिने निर्णय गरेको हो ।
भूकम्पपीडितले घर बनाउन समस्या भएमा सोे प्रयोजनका लागि सरकारले दिने तीन लाख रुपैयाँ निर्ब्याजी ऋण पाउनेछन् । त्यस्तो ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ ।
मन्त्रिपरिषद्ले भूकम्पपीडितहरूले सामूहिक जमानीमा त्यस्तो ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई समेत स्वीकृत गरेको छ ।