भीरबाट लडेर शर्माको मृत्यु

पोखरा, मंसिर ४ ।
स्याङजाको पुतलीबजारमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका ६ टक्सार बस्ने ५६ बर्षका हेमराज शर्माको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँबाट घर फर्किने क्रममा बाटोबाट भीरमा लडेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।