भीरबाट लडेर पोखरा सिमलचौरका रामजी गम्भीर घाईते

पोखरा, पुस २९ ।
पोखरामा एकजना भीरबाट लडेर गम्भीर घाईते भएका छन् । पोखरा १७ महतगौंडामा बाटोमा स्कुटर रोकेर पिसाव गर्न जाँदा भीरबाट लडेर पोखरा ८ सिमलचौरका ४४ बर्षिय रामजी पुरी गम्भीर घाईते भएका हुन् ।

ग १३ प ९४४० नम्बरको स्कुटरमा चढेर उनी त्यसतर्फ गएका थिए । पुरी करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।