भीरबाट लडेर एकजनाको मृत्यु

पोखरा, पुस १४ ।
बागलुङको तमानखोला गाउँपालिका ३ हिलेमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । स्थानीय ३१ बर्षकी उजेली रसाईलीको हिलोको भीरबाट लडेर मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।