भारतीय भूपूका समस्या समाधान गर्छु–बराल

पोखरा, मंसिर १८ ।
नेपाली काँग्रेस कास्की प्रदेश नं २ (क) बाट प्रदेश सभाको उम्मेद्वार गुरु बरालले भारतीय भूपू सैनिकका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले भारतीय पूर्व सैनिकहरुका समस्या जटिल बन्दै गएको भन्दै उनले त्यसको समाधान गर्न आफुले नेतृत्व लिने बताए ।
‘भारतीयको पेन्सन समस्या निकै जटिल बन्दै गएको छ । समाधानका लागि कसैले पनि चासो दिएनन्, उनले भने–अव त्यो समस्या मेरो काँधमा छ । त्यो समाधान गरिछाड्छु ।’ ‘म जनताको सेवक हुँ र जनताको समस्या बुझ्ने पार्टी नेपाली काँग्रेस हो, बरालले भने– जीत हार जे भए पनि भुपुका समस्या समाधान गर्नेछु ।’
उनले आफू भोट माग्न मात्र नभई स्थानीयको सुखदुःख र आवश्यकता बुझ्न घर दैलोमा आएको बताए । भारतमा सेवा गरी पेन्सन बुझ्दै आएका परिवारलाई साथ दिने उनको प्रतिबद्धता छ ।
भारतमा सेवा गरि पेन्सन आएका भूपूहरुको र छोराछोरीको नाम नमिलेकाले पारिवारिक पेन्सन रोकिएका भुपुका परिवारका पक्षमा नेपाली काँग्र्रेसले मात्र पहल गर्न सक्ने उनको दावी छ ।
भुपुहरुले बराललाई सघाउने प्रतिबद्धता जनाएका छन् । बरालले समस्या समाधान गर्न सक्ने भएकाले आफ्ना मागहरु प्रश्ताव गरेको भुपु सैनिक दीपक केसीले बताए ।