भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाण्डौं, असोज १७ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न उनी असोज अन्तिम साता नेपाल आउन लागेका हुन् । यद्यपी मिति भने टुंगिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।
असोज अन्तिम साता वा कात्तिकको पहिलो साता उनी नेपाल आउने तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छिट्टै मिति टुंग्याउन मन्त्रालयले तयारी थालेको छ ।
अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।
मोदी प्रधानमन्त्री भएलगत्तै नेपाल आएका थिए । त्यसको तीन महिनापछि नेपालमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन दोस्रोपटक मंसिर ०७१ मा काठमाडौं आएका थिए ।