भाटभटेनीका साहु बालुवाटार जग्गा काण्डमा पक्राउ

पोखरा, असार १२ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । सीआईबीले डेढ वर्षअघि नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइएको थियो ।

तर थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेको थियो । अहिले पुनः उक्त काण्ड अनुसन्धानको दायरामा प्रवेश गरेको छ ।