भागबण्डा होईन, प्रतिश्पर्धा हुनुपर्छ–मुख्यमन्त्रीका दावेदार

पोखरा, माघ ९ ।
विवाद रहित ४ नम्बर प्रदेशमा मुख्यमन्त्रीको प्रतिश्पर्धा भने कडा देखिएको छ । एउटै पार्टीका दुई ठूला नेता प्रतिश्पर्धामा उत्रिएपछि यहाँको मुख्यमन्त्री को बन्ने भन्ने चासो र चिन्त बढेको छ । दुवै नेता एकले अर्कालाई छोड्न मान्दैनन् । त्यसैले पार्टीको केन्द्रिय तहमा आधा÷आधा समय मुख्यमन्त्री बन्ने विषयमा पनि छलफल भएको बुझिएको छ । यद्यपी दुवै नेता त्यसलाई मान्न तयार छैनन् ।
प्रदेश ४ का एमाले संयोजक तथा तनहूँका माननीय किरण गुरुङ भाग लगाउन नमिल्ने बताउँछन् । ‘सत्ता पनि भाग लगाउने कुरा हो ? यस्तो निर्णय जनतालाई स्विकार हुँदैन, डिएनए नेपाल डटकमसँग कुरा गर्दै उनले भने–भाग लगाउने कुरा मैले बुझेको छैन । यस्तो तयारी हो भने गलत गरिँदैछ ।’ आन्तरिक प्रतिश्पर्धा गरेरै समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ ।
उता मुख्यमन्त्रीका मुख्य दावेदार पृथ्वीसुब्बा गुरुङ पनि भागबण्डाको प्रणाली गलत भएको बताउँछन् । ‘कसले यो बिषय उठाएको हो मै पनि अन्यौलमा छु । केन्द्रिय तहमा पनि चलेको जस्तो मलाई लाग्दैन, उनले भने–मिडियामा आएजस्तो भागबण्डाको पक्षमा म छैन । सहमति नभए प्रतिश्पर्धा हुन्छ ।’ उनले पार्टीमा आँफु सिनियर भएका कारण मुख्यमन्त्री नछोड्ने अडान दोहो¥याए । दुवै नेताको दावी पछि केन्द्रिय नेताको श्रोतबाट भागबण्डाको मध्यमार्गी उपाय खोजिएको समाचार प्रकाशन भएको थियो । आँफुहरु आन्तरिक प्रतिश्पर्धाको नतिजा स्विकार्न तयार रहेको भन्दै त्यसका लागि केन्द्रिय नेतृत्वले पहल गर्नुपर्ने दुवैको सुझाव छ ।