भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सव

पोखरा, वैशाख १४ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० मा रहेको श्री भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिएको छ । विद्यालयले आर्थिक र भौतिक रुपमा सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरेको हो । विद्यालयले अतिरिक्त सामाग्री सहयोग गरेकोमा वैदाम डोजाङ्गका संस्थापक प्रितम कुवँरलाई सम्मान गरिएको थियो । कुवँर प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० का वडाध्यक्ष सिम गुरुङले खादा सम्मानपत्रले सम्मान गरेका हुन् । त्यस्तै विद्यालयले महेन्द्र पालिखे, लायन्स क्लब अफ अञ्जुली र लायन्स क्लब अफ अन्नपूर्णलाई पनि सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले गुणस्तरिय शिक्षामा जोड दिदैँ सामुदायक विद्यालयमा विद्यार्थीको संख्या बढाउनुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुलप्रसाद पौडेल, राईट्स फर चिल्ड्रेनका विष्णु मल्ल, अक्षयकोषका संस्थापक नारायणजङ्ग खत्री लगायतले बोलेका थिए । सोही अवसरमा सहसेनानी प्रेमजङ्ग खत्री र कौशिल्या खत्री तथा सम्पूर्ण खत्री परिवारले आफ्नो बुवाको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैँयाको जेहेन्दार छात्रवृत्ति अक्षयकोषको स्थापना गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयको वार्षिक परिक्षामा उर्तिण विद्यार्थी, अतिरिक्त क्रियाकिलापमा उत्कृष्ट र अनुशासित विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरले सांस्कृतिक प्रस्तती समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष अर्जुनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षका श्रीकुमारी गुरुङ र सञ्चालन विना कुवँरले गरेका थिए