भलाममा पुगेर रवीन्द्रले भने-फटाफट हिड्ने सरकार बनाउछौं

पोखरा, मंसिर १६ ।
बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीे अब बाम गठबन्धनले कछुवा गतिमा नभई फटाफट हिड्ने सरकार बनाउने दाबि गरेका छन् ।
सनिबार पोखरा लेखनाथ महानगर पालिका अन्तर्गत वडा न २० भलाममा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन अधिकारीले सो कुरा बताएका हुन । जहिलेपनि अस्थिरता हुदा देशमा बिकाशले गति लिन नसकेको भन्दै उनले कम्तिमा पाच वर्ष एउटा सरकारले काम गर्न पायो भने सम्बृदी तर्फ देश अघि बढ्ने भन्दै नेपालमा स्थायित्व नचाहने तत्वहरु अत्तालिएर बाम गठबन्धनका विरुद्ध अनेकन झुट्टा प्रचार बाजीमा उत्रेको बताए । भब्य समारोहमा स्थानीय आमा समूह, युबा क्लब, सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका बिबिध समस्या को बारेमा जानकारी गराएका थिए ।
यसैबीच उक्त कार्यक्रममा दर्जनौ नेता कार्यकर्ता नेपालि कांग्रेस राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले ग्रामिण कृषि, खानेपानी, पर्यटन र युबा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्या संग काधमा काँध मिलाएर अघि बढ्ने दृढता ब्यक्त गरे । यसैबीच अधिकारीले शनिबारनै पोखरा लेखनाथ महानगरका विभिन्न वडाहरुमा कोणसभा गरेका थिए ।