भलामबासीलाई थापाको आश्वासन–खोला तर्न पुल, खेती गर्न सिँचाई

पोखरा, मंसिर ४ ।
कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापाले भलामको खेती योग्य जमिनमा सिचाई सुविधाको लागि तत्काल पहलकदमी गर्ने बताएका छन् । तरकारी उत्पादनको लागि उर्वर भूमिका रुपमा रहेको भलामलाई आलुको पकेट क्षेत्र बनाउने उनले बताए ।
आफनो चुनाव अभियानको क्रममा घरदैलो गर्न पोखरा २० भलाम पुगेका थापाले भलाम खोलाको पानीलाई पाईप मार्फत खेतबारीमा पु¥याउने अठोट लिए । “कृषिबाटै समृद्धिको अभियान थाल्ने छौं । त्यसको लागि भलाम खोलामा ड्याम लगाई पाईप मार्फत पानी खेतबारीमा पु¥याईने छ ।” खोलाबाट १२ सय मिटर लम्बाई पाईपको व्यवस्था गरी कृषि उत्पादन बढाउन सिचाई सुविधा पु¥याईने उनको भनाई थियो ।
आलु उत्पादन गर्दै बजारीकरण गरी किसानको जीवनस्तर उकास्नुपर्नेमा जोड दिए । बस्तीमा खानेपानीको अभाव पूर्ति गर्न पानीको स्टोरेज ट्यांकी निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । “भए तत्काल नभए सहयोग जुटाई खानेपानी समस्या समाधान गर्ने छु ।” उनले घरदैलोको क्रममा स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै भने–“खानेपानीबाट सबैको पहुँच पुग्नुपर्छ । त्यसको लागि म कटिबद्ध र प्रतिबद्ध रहने छेु ।” उनले भलामकै ठकुरीबस्तीमा पुग्न आवातजावातको सहजताको लागि भलाम खोलामा आवश्यक पुल निर्माण गर्न विशेष पहल गर्ने जिकिर गरे ।
उनले भलामकै हरिहर गुफासम्म घरदैलो गर्दै गुफालाई संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने बताए । ऐतिहासिक गुफालाई धार्मिक पर्यटनको गन्तव्यस्थल बनाउन तर्फ आवश्यक गुरुयोजना बनाउने थापाले सुनाए । “गुफालाई धार्मिक पर्यटनको गन्तव्य बनाउन गुरुयोजना बनाउन आवश्यक छ ।”उनले भने ।