भरतपुरको आइसोलेसनमा राखिएका एक विरामीको मृत्यु

पोखरा, चैत ११ ।
चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार गराईरहेका एक युवकको मृत्यु भएको छ । मंगलबार विहान उपचारकै क्रममा वीरगञ्जका ३० बर्षिय युवकको मृत्यु भएको हो ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित उनी केहीदिनअघि चितवन मेडिकल कलेजबाट रिफर भएका थिए । उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ । सरकारले घरबाहिर ननिस्किन नागरिकलाई आह्वान गरेको छ ।