भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल

पोखरा, असार ४ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा सरसफाई अभियानको जागरण ल्याउनका लागि टोल विकास संस्थाका अध्यक्ष र आमा समुहका अध्यक्षहरूलाई १ दिने सरसफाई प्रशिक्षण दिई वडा नं १० लाई नमुना वडा बनाउने परिकल्पना गरिएको वडामा समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको हो ।

पोखरा लेखनाथ महानगर पालिका वडा नं—१० को वडा स्तरिय योजना अन्तरगत सामाजिक कार्यक्रम अन्तर्गत सहयोग प्राप्त रकमले २ दिने फोहर मैला बर्गिकरण तथा कम्पोस्ट मल बनाउने तालिमको आयोजना गरि हेरालो प्रतिष्ठान पोखराको सहयोगमा प्रशिक्षण लिएका भद्रकाली दिदिबहिनी समुहका सदस्यहरुले उदाहरणीय कार्य गर्दै फोहरलाई मोहरमा परिणत गरेका छन ।

फोहरलाई मोहरमा परिणत गर्न वेष्ट मेनेजमेन्ट रिसाईकलिङ प्रा लि पोखरा को सहयोग रहेको उक्त कार्यमा भद्रकाली दिदिबैनि समुह सदस्यहरुले घरघर बाट फोहोरलाई फोहर फाल्ने गाडीमा फाल्ने गरेको मा तालिम लिएपश्चात बिक्रि हुने फोहर र बिक्री नहुने फोहर छुट्याई ४ किसिमका फोहर जम्मा गरि बिक्री गर्न सफल भएको छ ।

वडानं १० का वडा सदस्य सम्मर बहादुर श्रेष्ठ र वडा सदस्य निशा मल्ल ठकुरीको उपस्थितिमा सम्पन्न सरसफाईका फोहर सामाग्री बिक्री गर्ने फोहरलाई अलि सफा र ब्यबस्थित गरि राख्नु पर्ने कुहिने फोहर, ल्यान्डफिल फोहर र कम्पोस्ट मल बनाउने फोहर को पहिचान गरि थोरै भन्दा थोरै फोहर ल्याण्डफिल पठाउने र भद्रकाली दिदिबैनि समुहका सदस्यहरुलाई सुइरो बितरण गर्ने ब्यबस्था गर्ने वडा सदस्य सम्मरबहादुर श्रेष्ठले बताए । उक्त कार्यक्रममा हरेक १५÷१५ दिन मा महिनाको २ पटक बिक्री गर्ने र फोहर को गाडीलाई त्यसरी नै परिचालन गर्नुपर्ने भद्रकाली दिदिबैनि समुहका अध्यक्ष अन्जना घिमिरेले बताउँदैै सरसफाई गरि बृक्षरोपण गरेर टोललाई हराभरा बनाउने बिचार ब्यक्त गरिन् ।

सरसफाई अभियानको जागरण गराउन हेरालो प्रतिष्ठान पोखराका अध्यक्ष झम गुरूङ, निबर्तमान अध्यक्ष रोश गुरूङ, कार्यकारी उपाध्यक्ष चित्र गुरूङ समेत को उपस्थिति रहेको सरसफाई कार्यमा वडाले सक्दो सहयोग गर्ने र वडा नं १० भित्रका सबै टोलमा लागु गर्ने वडा सदस्य निशा मल्ल ठकुरीले बताईन् ।