भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समितिमा कुश्मराज आचार्य

पोखरा, असार ४ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ स्थित भद्रकालीमार्ग(बाटो) मर्मत सम्भार समिति गठन भएको छ। हस्पिटलचोकदेखि ढिकालेथर हुदै श्री गणेश तथा भद्रकाली मन्दिीर गुठी चोकसम्मका उक्त बाटोका दायाँबायाँका जग्गाधनी, सरोकारवाला उपभोक्ताहरुको सोमवार सम्पन्न भेलाले कुश्मराज आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो।

समितिको सचिवमा तिलकुमारी सिग्देल, कोषाध्यक्षमा भानुभक्त शर्मा, सदस्यहरुमा आत्माराम सिग्देल, क्याप्टेन आसबहादुर गुरुङ, नन्दकुमारी गुरुङ, धनप्रसाद गुरुङ, राजेन्द्रप्रसाद अधिकारी, खिमबहादुर गुरुङ, कृष्णप्रसाद सापकोटा र जमुना आचार्य रहनुभएको छ।

भेलाले वडा नंं.१२ का वडा सदस्य देशभक्त केसी, टोल विकास संस्थाका अध्यक्ष गुप्तबहादुर कार्की, पत्रकार हुमबहादुर गुरुङ, समाजसेवी रेवत बज्राचार्य र सरस्वती निमाविका प्रधानाध्यापक रुद्रनाथ सापकोटालाई समितिको सल्लाहकारमा चयन गरेको छ।
समितिका अध्यक्ष कुश्मराज आचार्यले हस्पिटलचोकदेखि ढिकालेथर हुदै श्री गणेश तथा भद्रकाली मन्दिीर गुठी चोकसम्मको बाटो मर्मत र रिपिच समेत गरी पोखराकै नमुना मार्ग बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। पोखरा लेखनाथमहानगर पालिकाको सहयोगमा स्थानीय जनसहभागितामा पारदर्शी रुपमा असार महिनाभित्र बाटो मर्मत र रिपिच गर्ने बताउनुभयो।

कुश्मराज आचार्यको अध्यक्षता र राजेन्द्र प्रसाद अधिकारीको सञ्चालनमा भएको भेलामा कोषाध्यक्ष भानुभक्त शर्माले यस अघि रहेको बाटो निर्माण समितिको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने सहभागीहरुले आ—आफ्ना विचार व्यक्त गरेका थिए।