भदौ १५ अघि स्कूल नखुल्ने

पोखरा, साउन २६ ।
कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ देखि खुल्ने भनिएको विद्यालय भर्ना फेरि स्थगीत भएको छ । कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया थाल्ने निर्णय गरेको थियो । यस्तै कोरोना संक्रमणको उच्च जोखिम देखिएकाले नाकामा कडाई गर्न र थप ब्यवस्थित गर्न पनि सुझाईएको छ ।